www.tandavnews.com
Fact ~ In search of truth

पोखरा इञ्जिनियर्स कप : दर्जन बढी इञ्जिनियरका फुटसल टिम भिड्दैछन् शनिबार

पोखरा
ताण्डव न्यूज।

पाचौँ संस्करणको पोखरा इञ्जिनियर्स कप शनिबार (भोलि) हुने भएको छ । पोखरामा रहेका इञ्जिनियरहरु बिचको एकता एवं भातृत्व थप मजबुत बनाउने उद्धेश्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजक पोखरा इञ्जिनियर्स ग्रुपले जनाएको छ ।

शनिबार हुने फुटसल प्रतियोगिताकालागि १३ वटा टिम दर्ता भइसकेका छन् । इच्छुक इञ्जिनियरहरुका समूहले शुक्रबार (आज) अपराह्न ५ बजे सम्म टिम दर्ता गर्न सक्नेछन् ।

Batas

विहान ८ बजेदेखि बुलौदी स्थित द फरेस्ट स्पोर्टस एण्ड रिक्रिएसन सेन्टरमा हुने प्रतियोगिताको विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगिताकालागि हालसम्म ड्रिम होम्स इञ्जिनियरिङ कन्सल्टेन्सी, ट्राभर्स इञ्जिनियरिङ कन्सल्टेन्सी, आर्क डी इञ्जिनियरिङ प्रा.लि, यूना इञ्जिनियरिङ कन्सल्टेन्सी, गण्डकी इञ्जिनियरिङ कन्सल्टेन्सी, वेब इञ्जिनियरिङ कन्सल्टेन्सी, टाइम्स इञ्जिनियरिङ कन्सल्टेन्सी, आर्शिबाद इञ्जिनियरिङ कन्सल्टेन्सी, ड्रिम वक्र्स इञ्जिनियरिङ कन्सल्टेन्सी, वन स्टप कम्प्यूटर सोलुशन, श्री क्रियटिभ, के.के इञ्जिनियरिङ र लेवल वन ले टिम दर्ता गराइसकेका छन् ।

प्रतियोगिताबारे थप जानकारी तथा टिम दर्ताकालागि ९८५६०३६७४७, ९८४६०३१३७८,९८४६७४२३५२,९८०२८३२५६१ र ९८४६१५२५४७ मा सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.