www.tandavnews.com
Fact ~ In search of truth

‘संकटालाई जित्न सहज छैन, बेष्ट दिन्छौँ’ : अफ्रिकन रुट

अर्जुन गाहा (सुशान्त)
पोखरा, ताण्डव न्यूज ।

पाहुना टोली अफ्रिकन रुट एसोसियसनले पोखरामा जारी १९औँ संस्करणको आहा ! रारा गोल्डकपको उपाधि रक्षा गर्न सहज नरहेको बताएको छ । पोखरामा आज (शुक्रबार) आयोजित प्रिम्याच कन्फेरेन्समा बोल्दै अफ्रिकन रुटका टिम प्रशिक्षक सेन्गे बोरिसले विपक्षी टिम संकटा क्लब पनि दावेदार रहेको बताउदै यस्तो प्रतिक्रिया दिएका हुन् ।

कोच बोरिसले संकटा क्लबले पनि यस अघिका दुईवटा खेल राम्रै प्रदर्शन गरेको उल्लेख गर्दै संकटालाई जित्न सहज नहुने धारणा राखे । ‘खेल टफ नै हुन्छ’, बोरिसले भने, ‘हामी हाम्रो बेष्ट दिन्छौ ।’ पहिलो पटक सहभागिता जनाएको अफ्रिकन रुट पहिलो पटक नै उपाधि नजिक पुगेको हो ।

Batas

त्यस्तै पहिलो पटक आहा! राराको फाईनल प्रवेश गरेको संकटाका प्रशिक्षक सल्यान खड्गीले पाँचौ पटकमा लक्ष्य नजिक पुगेको बताए । उनले पाँचौ पटक सहभागिता जनाएको बताउदै भने ‘फस्र्ट लक्ष्य फाईनल पुग्ने थियो । यस कपको ईतिहासमा फाईनल खेलेको छैन । यसमा म सफल भए । अब हामीलाई टाईटल चाहिन्छ । त्यसको लागि हामी तयार छौ ।’

उनले पाहुना टोली फिजिकल्ली फिट रहेको बताउदै केही विपक्षी टोलीलाई एडभान्टेज रहेको धारणा राखे । ‘नाईजेरियन प्लेयरहरु फिजिकल्ली धेरै फिट छन् तर यो भन्दैमा त्यो होईनकी नेपाली खेल्नै सक्दैनन्, उनले भने, ‘हिजो गेम थियो आज मज्जाले रेष्ट पाउँछन् । एउटा प्लेयर २४ घण्टामा मजाले रिकभर हुन्छ । त्यसैले भोलीको म्याच टफ हुनेछ ।’

स्वदेशी तथा विदेशी गरी कुल ८ वटा टिमको सहभागिता रहेको सो प्रतियोगिताको फाईनल भोली (शनिबार) दिउँसो २ बजे फाईनल खेल हुनेछ । यस अघि अफ्रिकन रुटले बिहिबार नेपाल पुलिस क्लबलाई २–० गोेल अन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको थियो भने संकटा क्लबले विभागिय टोली एपीएफलाई २–० गोल अन्तरले सहज जीत निकाल्दै उपाधि नजिक पुगेको थियो ।

सो प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.