www.tandavnews.com
Fact ~ In search of truth

विद्यालयलगायत भिडभाड जन्य क्षेत्र बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सरकार समक्ष सिफारिस गरेको छ।कोरोनाभाइरस संक्रमण दिनदिनै बढिरहेको र थप जटिल अवस्था सिर्जना हुनसक्ने देखिएकाले विद्यालय बनद गर्नुपर्ने देखिएको मन्त्रालयले जनाएको छ ।

लकडाउनका बेला स्कुल तथा कलेज अनलाइन माध्यमबाट पढाई भएकोमा केही महिनादेखि भने विद्यार्थीहरु स्कुल तथा क्याम्पसमा गई पठनपाठन भईरहेको छ ।

Batas

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विद्यालय अहिले तत्कालै बन्द गनुपर्ने, पढाई सञ्चालन गर्नुपर्ने भए अनलाइनबाट गर्नुपर्ने बताएका छन् । विद्यालयलगायत भीडभाड हुने अन्य क्षेत्र सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेस बन्द गर्न मन्त्रालयले सिफारिस गरेको छ ।

विद्यालय लगायत भिडभाड जन्य क्षेत्र बन्द गर्न सिसिएमसीमा सिफारिस भएको छ । दोस्रो लहरको कोरोनाभाइरस महामारी आएको र यो थप फैलन सक्ने भन्दै मन्त्रालयले सम्पूर्णमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.