www.tandavnews.com
Fact ~ In search of truth

कास्कीका ३६ सहित गण्डकीमा ४० संक्रमित थपिए

पोखरा,
ताण्डव न्यूज ।

कास्कीमा आज अहिले हालसम्म ३६ संक्रमित थपिएका छन् ।

पोखरा महानगरपालिका वडा २ मा ३ पुरुष र एक महिला, ५ मा १ पुरुष, ६ मा २ पुरुष, ८ मा २ पुरुष, २ महिला,, ९मा २ पुरुष, २ महिला, १० मा २ महिला, १ पुरुष, ११मा १ महिला, २ पुरुष,वडा १२ मा १ पुरुष, १४ मा १ महिला,१५मा एक महिला, एक पुरुष मा संक्रमण पुष्टि भएको हो ।

Batas

त्यस्तै १६ मा १ महिला,१ महिला, १७ मा १ महिला,१९मा एक पुरुष,२० मा एक महिला,२३मा एक पुरुष,२६ मा एक पुरुष,दुई महिला,२९ मा २ महिला,एक पुरुष र ३२ मा १महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

यस्तै बागलुङका ३ जना र म्याग्दीका १ जनामा संक्रमण पुष्टि भएको छ ।यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार ८ सय ६८ पुगेको छ । हालसम्म प्रदेशमा २०५ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।

पछिल्लो समय देशभर कोरोना संक्रमण बढिरहेको छ । संक्रमण फेरि फैलिनसक्ने भन्दै स्वास्थ्य मन्त्रालयले विद्यालय, स्कुल लगायत भिडभाडजन्य क्षेत्र बन्द गर्न सरकार समक्ष सिफारिस गरेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.