www.tandavnews.com
Fact ~ In search of truth

बागलुङः बारीमा सुकेको स्याउला जलाउँदा आगलागी, दुई घर जले

पोखरा,
ताण्डव न्यूज ।

बागलुङमा सुकेको पातहरु जलाउने क्रममा आगलाी भएको छ ।

आज दिउँसो साढे १२ बजेको समय बागलुङ निसिखोला गाँउपालिका ४ ओख्रेनीका ५० वर्षीय डिल्लीराज आचार्यले आफ्नै बारीमा सुकेको काडा स्याउला सुकेका पातहरु जलाउने क्रममा हावाले उडाएर घरमा आगो लाग्दा दुई घर जलेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

आगोले निसीखोला गाँउपालिका–४ ओख्रेनीका नर बहादुर घिमिरेको ढुङगामाटोले बनेको टिनको छानो भएको २ तले कच्ची घर, ढुङगामाटोले बनेको खरको छानो भएको कच्ची गोठ रसोही ठाउँका प्रेम घिमिरेको ढुङगामाटोले बनेको टिनको छानो भएको २ तले कच्ची घरमा आगोलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट मानवीय र चौपायामा क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.