www.tandavnews.com
Fact ~ In search of truth

पोखराःपेट्रोल पम्प सफा गर्ने क्रममा ग्याँसले पोली जल्दा एक घाईते

पोखरा,
ताण्डव न्यूज ।

पेट्रोल पम्पको मेशिन सफा गर्ने क्रममा ग्याँसले पोल्दा एक घाईते भएका छन् । पोखरा १७ विरौटा घर भई जगदम्बा पेट्रोल पम्पमा काम गर्ने ६१ वर्षीय बासु थापा जली घाईते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पम्पको मेशिन मर्मत तथा सरसफाई गर्ने क्रममा ट्याङ्की भित्र जम्मा भएको ग्याँसले पोल्दा जली थापा घाईते भएका हुन । उनको चरक मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.