www.tandavnews.com
Fact ~ In search of truth

भारतको उत्तर प्रदेशमा ट्रक दुर्घटना हुँदा १२ जनाको मृत्यु

एजेन्सी,
ताण्डव न्यूज ।

भारतको उत्तर प्रदेशमा ट्रक दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

उत्तर प्रदेश राज्यको इटावा जिल्लामा हिजो साँझ एक ट्रक सडकबाट ३० फिट तल खस्दा १२ जनाको मृत्यु भएको र अन्य ३८ जना घाइते भएका छन् । ट्रकमा कम्तिमा ४० देखि ५० जना सवार थिए ।

Batas

ती सबैजना एकै जिल्लाका रहेको र उनीहरु दर्शन गर्नका लागि मन्दीर जाने क्रममा दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् । स्थानीय प्रहरी अधिकारीहरुका अनुसार घाइते मध्य ३२ जनाको उपचार इटावा अस्पतालमा भइरहेको छ भने गम्भीर घाइते १३ जनालाई रेफर गरिएको छ ।

यसैबीच उत्तर प्रदेश सरकारले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृत्यु भएका परिवारलाई क्षतिपूर्तिस्वरुप २/२ लाखका दरले उपलब्ध गराउने घोषणा गरेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.