www.tandavnews.com
Fact ~ In search of truth

काठमाडौंमा आज घोडे जात्रा मनाइँदै

काठमाडौं,
ताण्डव न्यूज ।

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व मनाइँदैछ ।

चैत्र कृष्ण औंसीका दिन मनाइने यस जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरेको छ । समारोहमा घोडचढीहरुले विभिन्न कला प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

Batas

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता हुने बताइएको छ ।

टुँडिखेलमा पूर्व–दक्षिण दिशामा रहेको एउटा रुखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकाहरुलाई दुःख दिने गरेको स्थानीयको गुनासोपछि घोडाको टापले कुल्चाउने प्रचलन सुरु भएको र त्यही प्रचलन अनुसार घोडेजात्रा मनाउन थालिएको विश्वास छ ।

घोडेजात्राको अवसरमा टुँडिखेलमा नेपाली सेनाले अश्वकला, युद्धकला, शारीरिक व्यायामलगायतको प्रदर्शन गर्दछ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा दिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.