www.tandavnews.com
Fact ~ In search of truth

ओलीको कारण देश बर्बादतिर : डा. शेखर कोइराला

पोखरा ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान प्रधानमन्त्री खड्कप्रसाद ओलीका कारण देश वर्वादीतर्फ अघि बढेको बताएका छन् ।

नेता कोइरालाले भने, ‘संस्कार र नैतिकतामा ध्यान दिन नसक्दा आम नागरिकमाथि राजनीति अन्याय’ भएको बताए ।शान्ति नायक स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसको अवसरमा आयोजित फोटो प्रदर्शनी एवं विचार गोष्ठीमा नेता कोइरालाले वर्तमान सरकार निरंकुशता र आधिनायकवाद तर्फ अघि बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।

Batas

उनले भने, ‘प्रधानमन्त्री ओलीले आफूलाई केन्द्रमा राखेर देश चलाउँदा लोकतन्त्र नै धरापमा प¥यो ।’गिरिजाप्रसाद कोइराला फाउन्डेसन कास्कीको आयोजनामा भएको गोष्ठीमा प्रखर तथा निडर नेता शेखर कोइरालाले देश र जनताको हितमा मिलिजुली सरकार छिटो भन्दा छिटो बनाउन आवश्यक भएको बताए ।

अविश्वासको प्रस्ताव दर्ता गर्न ढिलो भइसकेको धारणा राख्दै सभामुखले बिजनेस नदिएको आरोपसमेत लगाए । नेता कोइरालाले आगामी मंसिर तथा चैत महिनामा देशलाई निकास दिन निर्वाचनको विकल्प नरहेको स्पस्ट पारे । नेता कोइरालाले पार्टी नेतृत्व नबोल्नु दुःखद भएको टिप्पाणी गर्दै राष्ट्रियता र प्रजातन्त्र कमजोर बनाउने छुट कांगे्रसलाई नभएको उल्लेख गरे ।

पार्टीको महाधिवेशन कात्तिक ७ मै गराउन कार्यकर्ता जुमुर्राउने समय आएको बताए । पार्टी नेतृत्वप्रति समय खर्र्चेका कोइरालाले घुमाउरो पारामा आफू सभापतिको दावेदार भएको उल्लेख गरे ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.