www.tandavnews.com
Fact ~ In search of truth

तीता अनुभावलाई छाडेर सकारात्मक छलफलले मात्र निस्किन्छ निकास:नेता नेपाल

पर्सा ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विधिको पालना र छलफलको माध्यमले मात्र पार्टीभित्र देखिएको राजनीतिक समस्याको समाधान निस्कने धारणा व्यक्त गरेका छन् ।

उनले पार्टीभित्र देखिएको गुट–उपगुटको समस्यालाई विधिसम्मत बैठक बसी छलफलको माध्यमबाट टुङ्गोमा पु¥याउन सकिने विश्वास व्यक्त गरे ।

Batas

प्रेस संगठन नेपाल पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले संगठनको विधानअनुसार छलफल गरे समस्याको समाधान खोज्न सकिने बताए ।

उनले विगतका तीता अनुभावलाई पछाडि छाड्दै सकारात्मक छलफलको माध्यमले पार्टीभित्रका समस्यालाई समाधान गर्न आफूहरु तयार भए पनि पार्टी नेतृत्वको कारण समस्या यथावत रहेको आरोप लगाए ।

एकले अर्कालाई निषेध गर्ने प्रवत्तिले कहीँ नपुग्ने भएकाले वर्तमान समस्याको समाधान वार्ता र संवादबाटै खोजिनु पर्नेमा नेता नेपालले जोड दिए ।

नेता नेपालले नेता कार्यकर्तामाथि गरिएको कारवाहीले पार्टीलाई कमजोर तुल्याउने बताए । उनले पार्टी विधान र विधिबाट चल्नुपर्ने मान्यता राख्ने नेता/कार्यकर्तालाई कारवाही गरी कम्युनिष्ट आन्दोलनलाई समेत कमजोर पार्ने र मुलुकमा राजनीतिक संकट उत्पन्न गरेको दाबी गरे । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.