www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश नं २ः चारजना सांसद एमाले बनेपछि कारवाहीको तयारी गर्दै माओवादी

जनकपुर,
ताण्डव न्यूज ।

प्रदेश नं २ का चारजना सांसदहरु माओबादी परित्याग गरी एमालेमै रहने भएका छन् । नेकपा विभाजनको बेला केपी ओलीलाई साथ दिएका माओवादीका चारजना प्रदेशसभा सदस्यले माओबादी परित्याग गरेर एमालेमै रहने भएका हुन् । माओवादी संसदीय दलका नेता नै एमाले बनेपछि माओबादीले चारैजनालाई कारवाही गर्ने तयारी गरेको छ ।

एमालेमा लाग्ने चारमध्ये तीनजना प्रत्यक्ष निर्वाचित सांसद हुन् । रामचन्द्र मण्डल धनुषा १ को ख बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । बारा क्षेत्र नम्बर ३ को क बाट निर्वाचित ज्वालाकुमारी साह र रौतहट ३ को ख बाट निर्वाचित कुन्दनप्रसाद कुशवाह पनि एमाले भएका छन् ।

Batas

बाराबाट समानुपातिकतर्फ निर्वाचित मोहम्मद समिर पनि एमाले बनेका छन् । उनीहरु चारैजनालाई २४ घण्टे स्पष्टिकरण सोधिएको माओवादी संसदीय दलका प्रमुख सचेतक दिलिप साहले जानकारी दिए ।

दलका नेता मण्डलसहित चारैजनालाई माओवादी अध्यक्ष प्रचण्डले नै हस्ताक्षर गरेर स्पष्टिकरण सोधिएको छ । चैत २७ गतै नै सोधिएको स्पष्टिकरणको जवाफ उनीहरुले दिएका छैनन् ।

अन्य पार्टीमा गतिविधि गरिरहेकाले उनीहरुलाई पदमुक्त गरिने माओवादी केन्द्रले जनाएको छ । सोमवार प्रदेश २ को प्रदेशसभा बैठक पनि बस्दैछ । प्रदेशसभा बैठक अघि नै चारै साँसदलाई पदमुक्त गरिने एक नेताले जानकारी दिए । रामचन्द्र मण्डल नेकपा माओवादी केन्द्र प्रदेश २ का संसदीय दलका नेता थिए । तर एमालेतिर लागेपछि उनलाई हटाएर माओवादी केन्द्रले शुक्रवार मात्रै भरतप्रसाद साहलाई संसदीय दलका नेता चयन गरेको छ ।

संसदीय दलका उपनेता रहेका दिलिप साहलाई प्रमुख सचेतक र जगत यादवलाई दलका उपनेता चयन गरिएको छ । प्रदेशसभामा माओवादीका ११ सांसद रहेकोमा चारजनालाई कारवाही गरेपछि ७ जनामा सिमित हुने भएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.