www.tandavnews.com
Fact ~ In search of truth

मलवेरी इन्स्टिच्यूट अफ हस्पिटालिटीले जित्यो कुलिनरी च्याम्पियनशीपको उपाधि

पोखरा ।

प्रथम पोखरा इन्स्टिच्युशनल कुलिनरी च्याम्पियनशीपको उपाधि पोखराको मलवेरी इन्स्टिच्यूट अफ हस्पिटालिटीले जितेको छ । सेफहरुको साझा संस्था होटल तालिम प्रदायक संघ नेपालले कार्यक्रम आयोजना गरेको हो ।

६ टिम सहभागी प्रतियोगितामा राइनो होटल ट्रेनिङ सेन्टर द्धित्तीय र हिमालयन कलेज अफ हस्पिटालिटी म्यानेजमेन्टले तृतीय स्थान हासिल गरेको हो ।

Batas

मलवेरीका तर्फबाट अंकित पंगेनी, राइनोका तर्फबाट सुवास गिरी र हिमालयनका तर्फबाट अञ्जु थापा विजयी भएका हुन् । प्रतियोगिताको प्रमुख निर्णायकमा बीबीसी मास्टर सेफ उपविजेता सन्तोष साह र सहायक निर्णायकमा होटल संघका अध्यक्ष लक्ष्मण बराल रहेका थिए ।

कार्यक्रमका लागि मान्दव्य ट्रेड कन्सर्न र नेपाल पर्यटन बोर्डले सहयोग गरेको आयोजक संस्थाका अध्यक्ष ज्ञानबहादुर रानाले जानकारी दिए ।

अध्यक्ष रानाका अनुसार सेफ फेडेरेशन नेपाल गण्डकी च्याप्टर र ग्लोवल नेपाली सेफ फेडेरेशनसमेत कार्यक्रममा जोडिएको थियो ।

संस्थाका सचिव सम्मर बहादुर रानाका अनुसार विजयी टोलीलाई नगद पुरस्कारले पुरस्कृत गरिएको थियो । लक्ष्य जनशक्ति उत्पादनमा टेवा पुर्याउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको हो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.