www.tandavnews.com
Fact ~ In search of truth

तनहुँः झोलामा ४३२ एम्पुल ड्रग्स बोकेर हिडेका चितवनका हरि परियार पक्राउ

hima aus

पोखरा,
ताण्डव न्यूज ।

तनहुँ आबुँखैरेनी गाउँपालिकाबाट प्रतिबन्धित लागूऔषधसहित एक पुरुष पक्राउ परेका छन् ।

झोलामा ठुलो मात्रामा लागूऔषध बोकेर पैदल हिडिरहेका चितवन शिवनगर नगरपालिका १४ का ३२ वर्षीय हरि परियार पक्राउ परेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Lama collectio News Middle

आबुँखैरेनी ४ मुग्लीन पुलजिपस्थित पृथ्वी राजमार्गमा खटिएको प्रहरीले शंका लागि चेक गर्दा उनको साथबाट लागूऔषध फेनारागन १४४ सेट, डाईजापाम १४४ सेट र नुर्फिन १४४ सेट गरी जम्मा ४३२ एम्पुल लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

उनी गएराती ९ बजे पक्राउ परेका हुन् । उनीमाथि थप अनुसन्धान भईरहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...