www.tandavnews.com
Fact ~ In search of truth

बागलुङः आगलागीबाट दुई घाईते, १८ लाख बढीको क्षति

पोखरा,
ताण्डव न्यूज ।

बागलुङ नगरपालिका ३ गुठिमा रहेको सिर्जना फर्निचर उद्योगमा लागेको आगलागीबाट अन्दाजी १८ लाख बढिको क्षति भएको प्रदेश प्रहरी कार्यालयपोखराले जनाएको छ ।

आज दिउँसो भएको आगलागीबाट १८ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले बताएको छ । अचानक लागेको आगलागीबाट दुई व्यक्ति घाईते समेत भएका छन् ।

Batas

आगलागीबाट फर्निचरका सञ्चालक ३३ वर्षीय केशव हरिजन,वर्ष ६४ का डम्मर बहादुर कार्की घाईते भएका छन् । उनीहरुको धवलागिरी अस्पताल बागलुङमा उपचार भईरहेको छ ।

फर्निचरको फैलिदाँ फर्निचरसँगै जोडिएको १ घरमा आंशिक क्षति पुगेको छ ।प्रहरी ,स्थानीय र दमकलको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.