www.tandavnews.com
Fact ~ In search of truth

आगलागी नियन्त्रणका लागि अग्नि नियन्त्रक विमान किन्ने तयारीमा सरकार

काठमाडौं,
ताण्डव न्यूज ।

आगलागी र डढेलो बढ्दै गएपछी वन तथा वातावरण मन्त्रालयले अग्नि नियन्त्रक विमान (फायर फाइटर हेलिकोप्टर) किन्ने तयारी गरेको छ ।

ठूलो मात्रामा र विकट जंगलका लागेको डढेलोमा नियन्त्रणका लागि अहिले भएका दमकल र जनशक्तिबाट मात्रै सम्भव नभएपछि अग्नि नियन्त्रक विमान खरिद प्रक्रिया सुरु गरिएको हो ।

Batas

अर्को वर्षको बजेट तथा कार्यक्रममा विमान खरिदका लागि बजेट बिनियोजन गराउनका लागि अर्थ मन्त्रालयसँग छलफल भइरहेको मन्त्रालयका प्रवक्ता प्रकाश लम्सालले जानकारी दिए ।

यसैहप्ता प्रधानमन्त्री केपी शर्मा ओलीले डढेलो नियन्त्रणमा प्रयोग हुने हवाइजहाज र हेलिकप्टर खरिद प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि मन्त्रालयले प्रक्रिया अगाडी बढाएको हो ।

आगलागीका बेला आगो निभाउन प्रयोग गर्ने र अरु बेला अन्य काममा प्रयोग गर्नेगरी बहुउपयोगी हेलिकप्टर वा हवाइजहाज ल्याउन प्रधानमन्त्रीले निर्देशन दिएका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.