www.tandavnews.com
Fact ~ In search of truth

गैँडा बढेको खुसियालीमा दीपप्रज्वलन

चितवन ।

चितवन राष्ट्रिय निकुञ्जसहित देशभरका निकुञ्जमा गैँडाको सङ्ख्या बढेको खुसियालीमा सौराहामा दीपप्रज्वलन गरिएको छ । आइतबार साँझ दीपप्रज्वलन गरिएको हो ।

रत्ननगर नगरपालिका, सौराहाका पर्यटन व्यवसायी, संरक्षणकर्मी तथा अन्य सामाजिक सङ्घसंस्थाका प्रतिनिधिले गैँडा वृद्धिको खुसी साटासाट गर्दै सौराहाको गैँडाचोक र हात्तीचोकमा दीपप्रज्वलन गरेका हुन् । पर्यटन र जनताको जीविकोपार्जनसँग जोडिएको निकुञ्जको एकसिङ्गे गैँडाको सङ्ख्या वृद्धिले संरक्षणमा क्रियाशील हुन ऊर्जा प्रदान गरेको पर्यटन व्यवसायी सुमन घिमिरेले बताए ।

Batas

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले गैँडाको सङ्ख्या वृद्धिले संरक्षणमा उत्साहितसँगै लगानी सुरक्षित भएको बताए । उनले भने, “गैँडा संरक्षणमा हामी सबैले गरेको प्रयास सफल भएको छ ।” कार्यक्रममा वडा नं ६ का अध्यक्ष बलराम दाहालले सौराहाको पर्यटन वन्यजन्तुमा निर्भर रहेकाले पर्यटनको मुख्य आधार नै एकसिङ्गे गैँडा रहेको बताए ।

गणनाको क्रममा निकुञ्जको पूर्वी सेक्टरमा गैँडाको सङ्ख्या वृद्धि भएको पाइएकाले अब आहार र बासस्थान संरक्षणमा काम गर्नुपर्ने उनीहरूको भनाइ थियो । सन् २०१५ मा गैँडाको सङ्ख्या ६४५ रहेकोमा बढेर ७५२ पुगेको छ । चितवनमा ६०५ बाट ६९४, बर्दियामा २९ बाट ३८ र शुक्लाफाँटामा आठबाट १७ पुगेको छ । पर्सामा तीनवटा नै यथावत् रहेको छ ।

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.