www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्रीमा नैतिकताको खडेरी : कांग्रेस नेता कोईराला

पोखरा,
ताण्डव न्यूज ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले प्रधानमन्त्रीको नैतिकता नभएको तर्क व्यक्त गरेका छन् ।

प्रेस युनियन कास्कीले आज (सोमबार) आयोजना गरेकोे पत्रकार सम्मेलनमा बोल्दै नेता कोईरालाले प्रधानमन्त्रीले राजिनामा नदिएकै कारण देशमा अराजकता बढ्दै गएको प्रतिक्रिया दिएका हुन् ।

Batas

‘राजनीतिमा नैतिकता हुन जरुरी छ, नैतिकताको खडेरी परेको छ, कोईरालाले भने, ‘त्यसैले प्रधानमन्त्री जीले राजिनामा दिनुभएन । नैतिकवान प्रधानमन्त्री हुनुभएको भए जुन दिन संसद पुर्नस्थापना भथ्यो त्यही दिन राजिनामा दिनुपथ्र्याे ।’ सरकारले विजनेश नदिनु र प्रधानमन्त्रीले राजिनामा नदिनुले नै देशमा अराजकता बढेको उल्लेख गरे ।

उनले जनता समाजवादी पार्टीका मागहरुप्रति नेपाली कांग्रेस सकारात्मक रहेको स्मरण गराउदै तत्कालिन नेकपा एमालेले नै अस्वीकार गरेको बताए । कोईरालाले देशलाई निकास अब नेपाली कांग्रेले मात्रै दिन सक्ने बताउदै भने, ‘यो निकास कांग्रेसको नेतृत्वमा सरकार बनाईकन निर्वाचनमा जानु उत्तम छ । यो सरकारको विकल्प दिन सकेनौ भने संसदीय व्यवस्था त अभाव हुने भोनी त्यो विकल्प नेपाली कांग्रेसले नै दिन सक्न पर्छ ।’

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.