www.tandavnews.com
Fact ~ In search of truth

ओलीले डाके एमाले केन्द्रिय कमिटी बैठक

काठमाडौं,
ताण्डव न्यूज ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी केन्द्रीय कमिटीको बैठक डाकेका छन् ।

प्रधानमन्त्री ओलीले वैशाख ६ मा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएको नेता शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा महाधिवेशन सम्पन्न गर्न गठित महाधिवेशन आयोजक समितिको काम र क्षेत्राधिकारबारे पनि छलफल हुने बताइइएको छ ।

Batas

एमालेमा अध्यक्ष ओली र नेता माधव नेपाल–झलनाथ खनालबीचको विवाद उत्कर्षमा रहेको छ । ओलीले आफूपक्षीय सदस्य राखेर केन्द्रीय कमिटी बैठक गरिरहँदा नेपाल–खनाल पक्षले भने देशैभर समानान्तर कमिटी बनाउँदै गतिविधि तीब्र पारेका छन् ।

ओलीले वरिष्ठ नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुुरेन्द्र पाण्डेलाई ६ महिना निलम्बन गरेका छन् भने माओवादी छाडेर आएका नेताहरुलाई थप जिम्मेवारी दिएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.