www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश सुरक्षा निकायलाई सजग रहन गृहमन्त्री थापाको निर्देशन

पोखरा,
ताण्डव न्यूज ।

शान्ति सुरक्षामा पर्ने असरप्रति सजग रहन गण्डकी प्रदेशका सुरक्षा प्रमुखहरूलाई गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिएका छन् ।

पोखरामा भएको गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै थापाले आगामी राजनीतिक समीकरणका कारण शान्ति सुरक्षामा असर पर्न सक्ने भन्दै सजग रहन निर्देशन दिएका हुन् ।

Batas

गोष्ठीमा प्रदेशका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित चारै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता छ । उपस्थित प्रजिअहरूले सम्बन्धित जिल्लाको सुरक्षा स्थितिबारे जानकारी गराउँदै शान्ति सुरक्षा मजबुद रहेको जनाएका छन् ।

गृह मन्त्रालय र गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा आइतबारदेखि सुरु भएको गोष्ठी आगामी सुरक्षा रणनीतिबारे छलफल गर्दै भोलि सोमबार सकिनेछ । कार्यक्रममा झण्डै ८० जनाको सहभागिता छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.