www.tandavnews.com
Fact ~ In search of truth

मेगाका ग्राहकलाई पोखरा अल्ट्रालाईटमा ४० प्रतिशत छुट

पोखरा,
ताण्डव न्यूज ।

नयाँ वर्षको अवसरमा मेगा बैंकले ग्राहकलाई मध्यनजर गर्दै उपहार ल्याएको छ ।

अल्ट्रालाईटमा उड्न चाहने आफ्ना ग्राहकलाई ध्यानमा राख्दै मेगा बैंकले पोखरा अल्ट्रालाईटसँग छुट सुविधाको लागि सम्झौता गरेको छ ।अल्ट्रालाइटसँग मेगाको सहकार्यसँगै बैंकका ग्राहकले पोखरा अल्ट्रलाईटमा ४० प्रतिशत छुट पाउने भएका छन् ।

Batas

आज पोखरामा भएको सम्झौता बमोजिम पोखरा अल्ट्रलाईट उडान गर्न चाहने व्यक्तिहरुले मेगा बैँकको डेविट कार्ड, क्रेडिट कार्ड, मोवाईल बैँकिङ मार्फत भुक्तानी गरेको खण्डमा ४० प्रतिशत छुट प्राप्त गर्ने मेगा बैँक नेपाल लि. पोखरा–२ का शाखा प्रमुख मोहन गिरीले जानकारी दिए ।

उक्त सम्झौतामा बैँकका तर्फबाट उपासना राना र मोहन गिरी तथा पोखरा अल्ट्रालाईटका तर्फबाट सञ्चालक पोम नारायण श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता सन् २०२३ अप्रिल ७ सम्म मान्य हुने बैँकले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.