www.tandavnews.com
Fact ~ In search of truth

‘ड्रिम होम्स’ले जित्यो पोखरा इञ्जिनियर्स कपको उपाधी

पोखरा
ताण्डव न्यूज ।

पोखरा इञ्जिनियरिङ ग्रुपद्धारा आयोजित फुटसल प्रतियोगिता पोखरा इञ्जिनियर्स कपको उपाधी ड्रिम होम्स इञ्जिनियरिङ कन्सल्टेन्सीले जितेको छ ।

पोखरामा रहेका इञ्जिनियरहरुको भातृत्व स्थापनार्थ शनिबार बुलौदीमा आयोजित प्रतियोगितामा उपाधीसँगै ड्रिम होम्सले २० हजार रुपैयाँ नगद, ट्रफी र मेडल पुरस्कार प्राप्त गर्यो । यस्तै आर्क डि इञ्निनियरिङ प्रालि दोस्रो हुँदै १० हजार नगद सहित मेडल पुरस्कार प्राप्त गरेको छ ।

Batas

कार्यक्रमका संयोजक ई. मनोज गुरुङका अनुसार प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो ।

विजेताहरुलाई ई. अनुज शेरचन, ई. नरेश दत्त अग्रवाल लगायतले पुरस्कार वितरण गरेका थिए ।

यसअघि कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं सेकोनका अध्यक्ष ई. किशोर कुमार श्रेष्ठले आगामी दिनमापनि इञ्जिनियरहरुको एकताका खातिर विविध कार्यक्रमहरु गर्न सुझाए ।

पोखरा इञ्जिनियर्स ग्रुपका अध्यक्ष ई. धुव्र गर्बुजा पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन ई शक्ति बरुवालले गरेका थिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.