www.tandavnews.com
Fact ~ In search of truth

डढेलो नियन्त्रणमा सक्रिय बन्दै सेना

गण्डकी ।

वनजंगलमा डढेलो लाग्ने क्रम बढेसँगै यसको नियन्त्रणमा नेपाली सेनाले सक्रियता बढाएको छ ।

डढेलोसँगै त्यसबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि गण्डकी प्रदेशका विभिन्न जिल्लास्थित गण, गुल्म, बाहिनी तथा पृतनामार्फत आगलागी नियन्त्रणका काम भइरहेको पश्चिम पृतना हेडक्वाटर विजयपुरका जनसम्पर्क अधिकृत मेजर प्रेमप्रसाद पौडेलले बताए ।

Batas

एक महिनाअघि मनाङमा भएको आगलागीका साथै त्यसयता तनहुँ, कास्कीलगायतका विभिन्न जिल्लामा लागेको डढेलो नियन्त्रणका लागि तत्तत् स्थानस्थित नेपाली सेनाको गण, गुल्म, बाहिनी, तथा पृतनामा खटिएका नेपाली सेनाको टोलीले सक्रियताका साथ जिम्मेवारी निर्वाह गरेको उनले जानकारी दिए । केही दिनअघि तनहुँ जिल्लाका विभिन्न स्थानमा लागेको डढेलोका साथै पोखरा–१६ घार्मी, पोखरा–२६ स्थित टाइगर माउन्टेनस्थित जंगलमा लागेको डढेलो नेपाली सेनाको सक्रियतामा नियन्त्रणमा लिएको पौडेलले बताए ।

सोमबार राति पोखरा महानगरपालिका–२१ को जंगलमा लागेको आगो झण्डै पाँच घण्टाको समयावधिमा नियन्त्रणमा आएको थियो । सो आगलागी नियन्त्रणका लागि बेलुका ६ बजेदेखि फष्ट रेन्जर बटालियन, एयरपोर्टका मेजर सरोज नेपाल नेतृत्वको १२० जनाको टोली खटिएको थियो । उक्त स्थानमा आगलागी हुँदा यहाँका झण्डै ५० घरसमेत जोखिममा परेका थिए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.