www.tandavnews.com
Fact ~ In search of truth

भारतको हैदरावादबाट फर्किएका बाराका संक्रमितको उपचारको क्रममा मृत्यु

चितवन ।

कोरोना संक्रमणकै कारण वीरगञ्जमा आज बिहान एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या, उच्च जरो, कडा निमोनियाबाट ग्रसित रहेका युवकको आज बिहान ३ः३० बजे वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

भारतको हैदरावादबाट नेपाल फर्किएका बाराको जितपुर–सिमरा उपमहानगरपालिकाका–९ छातापिपरा निवासी ३७ वर्षीय पुरुषको चैत २९ गते आरटिपिसिआर रिर्पोट पोजेटिभ आएको थियो ।

Batas

चैत २६ गतेदेखि वीरगञ्जको एडभान्स हस्पिटलमा उपचार गराइरहेका युवकमा संक्रमण पुष्टि भए पनि उनलाई थप उपचारका लागि चैत ३० गते नारायणी अस्पतालमा भर्ना गरिएको अस्पतालका वरिष्ठ फिजिसियन डा निरज सिंहले जनाकारी दिए । स्वास्थ्य अवस्था गम्भीर हुँदै गएका युवकको चिकित्सकको टोलीले रातभरि प्रयास गरे पनि उनको जीवन बचाउन नसकिएको चिकित्सक सिंहको भनाइ छ ।

यसैबीच नारायणी अस्पतालको प्रयोगशालामा चैत ३० गते ९५ वटा स्वाबको नमूना परीक्षण गर्दा २१ पुरुष र १९ महिला गरी ४० जनामा संक्रमण पुष्टि भएको छ । पुष्टि भएकामध्ये पर्साका ३७ र बाराका तीन संक्रमित रहेको अस्पतालका कोभिड कोडिनेटर डा. सरोज रोशन दासले जानकारी दिए ।

उनले संक्रमितमध्ये १४ देखि २५ वर्ष उमेर समूहका सबैभन्दा बढी रहेको बताए । भेटिएका संक्रमितको सिटी भ्यालु १४ देखि ३५ सम्म रहेको चिकित्सकले जनाएका छन् । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.