www.tandavnews.com
Fact ~ In search of truth

काठमाडौं, पोखरासहित ठूला सहरका विद्यालय एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका ठुला सहरका विद्यालयहरु बन्द गर्न सिफारिस गरेको छ ।

काठमाडौं उपत्यकासहित ठूला सहरका विद्यालयहरू कम्तिमा एक महिना बन्द गर्न मन्त्रालयले सिफारिस गरेको हो ।यो अवधिमा अनलाइन कक्षामार्फत पठनपाठन गराउन स्वास्थ्य मन्त्रालयको सुझाव छ ।

Batas

मन्त्रालयका सचिव लक्ष्मण अर्यालले उपत्यकासहित १५ वटा जिल्लाका ठूला सहरमा रहेका विद्यालय एक महिना बन्द गर्नका लागि सिसिएमसीमा प्रस्ताव गरेको जानकारी दिए।

‘काठमाडौं उपत्यकासहित पोखरा, विराटनगर, वीरगन्जसहित १५ वटा ठूला सहर छन्।यस्तै विद्यालयसहित पार्टी प्लालेस, मन्दिर, सिनेमा हल, रात्रिकालीन व्यवसाय पनि बन्द गर्न सिफारिस गरिएको छ ।

विद्यालय बन्द गर्ने प्रस्ताव बारे सिसिएमसीले भने अहिले नै कुनै निर्णय लिएको छैन।

अहिले बढिरहेको कोरोना भाइरसको नयाँ भेरियन्ट कम उमेरका बालबालिका र युवामा दिएको भन्दै मन्त्रालयले विद्यालय बन्द गर्नुपर्ने बताउदैँ आएको छ ।

हाल १८ वर्षभन्दा कम उमेरका लागि भ्याक्सिन नबनिसकेकाले पनि संक्रमण बढ्न सक्ने हुनाले सचेत भई त्यस अघि नै सर्तकता अपनाउनु पर्ने मन्त्रालय जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.