www.tandavnews.com
Fact ~ In search of truth

आजबाट नयाँ वर्ष २०७८ शुरु, वर्ष २०७७ कोरानाबीच पनि निरर्थक भएन : प्रधानमन्त्री

काठमाडौं ।
आज नयाँ वर्ष । अर्थात २०७८ सालको पहिलो दिन । पुरानो वर्ष २०७७ का नराम्रा, संघर्षपुर्ण रहेका सबै कुरालाई अनुभवको रुपमा लिई नयाँ उत्साह र सफलताको कामनासहित एक अर्कालाई शुभकामना व्यक्त गरिदैँ छ ।

यसैबीच नयाँ वर्षको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गरेका छन् ।प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले उक्त वर्ष निरर्थक हुन नदिएको बताएका छन ।

नयाँ वर्ष २०७८ को पहिलो दिन आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनःनिर्मित कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काठमाडौँबासीको दसकौँदेखिको सपना पूरा गरिएको र नयाँ नयाँ विकासका कामहरु पूरा गरिएको र त्यो क्रम जारी रहेको बताए ।

Batas

सम्बोधन क्रममा उनले वर्ष २०७७ मा विभिन्न क्षेत्रमा भएका उपलब्धि र चुनौतीबारे पनि उल्लेख गरिरहेका छन ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.