www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश सभाको अधिवेशन अन्त्य

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको छ । मन्त्री परिषदको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले चालु अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेश प्रमुखले सभामुखलाई चालु अधिवेशन अन्त्य गरेको जनाउदै भनेका छन् ‘प्रदेश सरकार गण्डकी प्रदेश, मन्त्रिपरिषदको सिफारीसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको चालु अधिवेशन संवत् २०७८ साल बैशाख ०१ गते बुधबार रातको १२ः०० बजे देखि अन्त्य गरेको छु ।’

Batas

प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध कांग्रेस, माओवादी, जसपा र राजमोले अविश्वास प्रस्ताव दर्ताको तयारीमा जुटिरहेका बेला अधिवेशन अन्त्य गरिएकाे हाे।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.