www.tandavnews.com
Fact ~ In search of truth

स्थापना दिवसको अवसरमा ‘मानव सेवा आश्रम’लाई ‘मित्र मिलन सहकारी’को सहयोग

पोखरा
ताण्डव न्यूज ।

मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मानव सेवा आश्रमलाई सहयोग गरेको छ । ८औँ स्थापना दिवसको अवसरमा सहकारीले छोरेपाटनस्थित आश्रममा आज(बिहिबार) सहयोग गरेको हो ।

सहकारीको सिद्धान्त अनरुप समाजीक कार्य गर्ने नीति अनुसार आश्रमलाई सहयोग गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीले जानकारी दिए । वाल फेन, खाद्यान्न, सरसफाइ लगायतका सामग्री आश्रमलाई हस्तान्तरण गरिएको हो ।

Batas

सो अवसरमा बोल्दै संस्थाका संस्थापक सचिव भरत भटट्राइले आगामी दिनमा पनि आश्रमलाई सेवा, सहयोग गर्ने प्रतिबद्धता जनाए । मानव सेवा आश्रम पोखराका व्यवस्थापक राजन सापकोटाले मुट्ठी मुट्ठी सहयोगले आश्रम अघि बढ्ने बताउँदै सहयोगको लागि धन्यवाद दिए ।

सहकारीका उपाध्यक्ष विजय लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चलान सञ्चालक समिति सदस्य गोपाल खनालले गरेका थिए ।

पोखरास्थित नयाँबजारमा केन्द्रिय कार्यालय रहेको सहकारीले कसेरीमा सदस्य सेवा केन्द्र मार्फत पनि सेवा दिँदै आइरहेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.