www.tandavnews.com
Fact ~ In search of truth

संरक्षकत्व लिएका ११ विद्यार्थीलाई कुमुदिनी हाेम्सद्धारा चश्मा वितरण

पोखरा
ताण्डव न्यूज ।

कुमुदिनी होम्सले संरक्षकत्वमा रहेको दुई सरकारी विद्यालयका ११ विद्यार्थीलाई निशुल्क चश्मा वितरण गरेको छ ।

पोखरा महानगरपालिका ४ गैह्रापाटन स्थित होम्समा आज (बिहिबार) एक कार्यक्रमको आयोजना गर्दै कुवेरा र लोटस फाउण्डेशनको सहयोगमा चश्मा वितरण गरिएको हो ।

Batas

होम्सका सञ्चालक अशोक पालिखेले पोखरा १९ स्थित हिमालय प्राविको ४ र माछापुच्छ्रे गाँउपालिकाको बाराही आधारभुत विद्यालयको ७ विद्यार्थीलाई निशुल्क चश्मा वितरण गरिएको बताए ।

उनका अनुसार लकडाउन खुकुलो भएको समयमा हिमालय प्राविको ३० जना र बाराही आधारभुत विद्यालयको ३५ जना गरि कुल ६५ विद्यार्थीको आँखा जाँच फिस्टेल अस्पतालका शोवित पौडेलले गरेका थिए ।
पालिखेले सो मध्ये ११ जनाको आँखा कमजोर भएकाले आज (बिहिबार) चश्मा र औषधि प्रदान गरिएको जानकारी दिए । कुमुदिनी होम्सले उक्त दुई विद्यालयलाई विगत ८ वर्ष देखि संरक्षकत्व प्रदान गर्दै आएको उनले बताए ।

माछापुच्छ्रे गाउँपालिका २ खाँदरजुङको बाराही आधारभुत विद्यालयका प्रध्यानाध्यापक राम प्रसाद आचार्यले विपन्न वर्ग तथा लोपउन्मुख चेपाङ समुदायका विद्यार्थीहरु समेत अध्ययन गर्ने बताउदै उनीहरुको शैक्षिक सामाग्री, दिवा खाजा तथा पोशाकहरु कुमुदिनी होम्सले सहयोग गर्दै आएको बताए । ‘कुमुदिनी होम्सले हरेक वर्ष असहाय र विपन्न प्रकृतिका बच्चाहरुलाई सहयोेग गर्दै आएको छ, आचार्यले भने, ‘उनीहरुले घर नजीकै पढ्न पाउने मौलिक अधिकार जुन छ त्यो उहाँहरुले संरक्षण गर्नुभएको छ र मर्ज भैसकेको विद्यालयलाई जोगाईदिनु भएको छ । यो हाम्रो लागि अत्यन्तै राम्रो कुरा हो ।’ उनले विद्यार्थीको आँखामा समस्या भएको विद्यार्थीहरुलाई चश्मा र औषधि वितरण गर्नु उदाहरणीय रहेको धारणा राखेका थिए ।

१ देखी १२ कक्षा सम्मका विद्यार्थीको आँखा जाँच बिहिबार देखि सुरु गरिएको होम्सले जनाएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.