www.tandavnews.com
Fact ~ In search of truth

नव वर्षमा युवा संघ पोखरा-८को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

पोखरा ।

राष्ट्रिय युवा संघ नेपाल, पोखरा ८ले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नव वर्ष २०७८ को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको हो ।

बुधबार आयोजित कार्यक्रममा वक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा तिब्र बिकास भइरहेको र मुलुकलाई समृद्ध एवं सुदृढ बनाउन सबै एकढिक्का भएर अघि बढ्नुपर्ने बताएका थिए ।

Batas

कार्यक्रममा युवा संघका केन्द्रिय सचिव महेन्द्र गुरुङका साथै दिल्ली सूबेदी, पान बहादुर जिसी , अनेरास्ववियु केन्द्रिय सदस्य सुन्दर गिरी, अनेरास्ववियु जनप्रिय बहुमुखी क्याम्पसका संयोजक किशान भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

वडा कमिटि अध्यक्ष सञ्जीव बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सुनिल खड्काले उपस्थितहरुलाई स्वागत गरे भने सचिव किरण भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रमको समापन कमिटि सदस्य पशुराम बरालले गरे ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.