www.tandavnews.com
Fact ~ In search of truth

म्यानमारमा सुरक्षाकर्मीको कारबाहीमा परी ५१ बालबालिकाको मृत्यु

एजेन्सी
ताण्डव न्यूज ।

राजनीतिक आन्दोलन चर्किरहेको म्यानमारमा सुरक्षाकर्मीहरूका कारण कम्तीमा ५१ बालबालिकाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुको तर्फबाट भएको हिंसामा परी उनीहरुको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको हो ।

आन्दोलनकारीका विरुद्ध सुरक्षाकर्मीहरुले गरेको हिंसात्मक आक्रमणका क्रममा उनीहरूको मृत्यु भएको राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजार्रिकले बताए । नियमित पत्रकार सम्मेलनका क्रममा उनले अप्रिल १३ तारिखसम्मको विवरण प्रस्तुत गरेका हुन् । आन्दोलनमा लागेको आरोपमा झण्डै एक हजार बालबालिकाहरुलाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएको पनि उनले जानकारी दिए ।

Batas

हिंसा रोक्न र शान्तिको बाटो रोज्न राष्ट्रसंघले पटक पटक आग्रह गरेपनि हिंसात्मक घटनाहरू भइरहेको भन्दै उनले चिन्ता पनि व्यक्त गरे । सेनाले सत्ता लिएकै दिनदेखि सेनाको कदमको सर्वत्र विरोध भइरहेको छ । सेनाले सत्ता लिनु गलत भएको भन्दै राष्ट्रसंघलगायतका विश्वव्यापी संस्था र विभिन्न देशहरुले म्यानमारलाई प्रजातान्त्रिक प्रक्रियामा फर्काउन पटक पटक आग्रह गर्दै आएका छन् ।

सर्वत्र विरोध हुदाँहुदै पनि सेनाले अटेरी गरिरहेपछि भइरहेको आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म सात सय भन्दा बढिको मृत्यु भएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.