www.tandavnews.com
Fact ~ In search of truth

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने

सुर्खेत ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिदैछन् ।

सत्ता साझेदार नेकपा एमालेले प्रदेशसभा सरकारलाई दिएको समर्थन फिर्ता लिंदै सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शाही अल्पमतमा परेका थिए । आफ्नो सरकार अल्पमतमा परेपछि संविधानमा भएको व्यवस्था बमोजिम मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिन लागेका हुन् ।

Batas

मुख्यमन्त्री शाही नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसके अर्को सरकार गठन प्रकृया शुरु हुने छ ।

सरकारबाट बाहिरिएको एमालेले विश्वासको मत नदिने लगभग पक्का देखिन्छ ।

यसैबीच, नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक सीता नेपालीले आज बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा विश्वासको मत दिन आग्रह गरेकी छिन् ।

कर्णाली प्रदेशमा सभामुखसहित नेकपा एमालेका २०, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन्।।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.