www.tandavnews.com
Fact ~ In search of truth

विद्यालय बन्द नगर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौं
ताण्डव न्यूज ।

शिक्षा मन्त्रालयले विद्यालय बन्द नगर्ने निर्णय गरेको छ ।

शुक्रबार मन्त्रालयमा बसेको सरोकारवालाहरूको बैठकपछि मन्त्रालयले विद्यालय बन्द नगर्ने निर्णय गरेको हो । मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइ गर्ने निर्णय पनि गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । कोरोनाको संक्रमणको अवस्थालाई हेरेर स्थानीय तहसँगको समन्वयमा भने विद्यालय बन्द हुनसक्ने उनको भनाइ छ ।

Batas

यसअघि पनि मन्त्रालयले सरोकारवालाहरूसँग छलफल गरेको थियो । उक्त छलफलमा सहभागीहरूले पनि विद्यालय बन्द गर्न नहुने धारणा राखेका थिए ।

यता स्वास्थ्य मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै अति प्रभावित १४ जिल्लाका विद्यार्थीलाई विद्यालय नजान र भिडभाड हुने क्षेत्र र क्रियाकलाप बन्द गर्न अपिल गरेको थियो ।

यसअघि काठमाडौँ महानगरपालिकाले पनि शिक्षक वा विद्यार्थीमा कोरोना भाइरस देखिए एक साता विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । महानगरको निर्णयमा कोभिड–१९ को समस्या भएका विद्यालय मात्र बन्द गर्न पाउने र सबै विद्यालयलाई एकैपटक बन्द गर्न नहुने उल्लेख गरिएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.