www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं
ताण्डव न्यूज ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

संसदको हिउँदे अधिवेशन अन्त्य गर्नुअघि समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्नका लागि भोलि शनिबार बैठक बोलाईएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
बैठकमा निम्ता दिनकै लागि ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई फोन गरेका थिए ।

Batas

प्रधानमन्त्रीको फोन आयो भन्दै ललितपुरको एक कार्यक्रमबाट हिडेका प्रचण्डसँग ओलीको पुनः टेलिफोनमै कुरा भएको थियो । थापाका अनुसार प्रधानमन्त्रीले भोलि सबै विषयमा छलफलका लागि सर्वदलीय बैठक बोलाइएकोले आउनका लागि आग्रह गरेका छन् ।

त्यसै सन्दर्भमा प्रचण्ड लगायत आफूले कुरा गर्नुपर्ने नेताहरुसँग प्रधानमन्त्रीको कुराकानी भएको थापाले बताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.