www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा पहिलो पटक ‘ग्राण्ड डायमण्ड मेला’ हुने, आईतबार देखि मेला सुरु

अर्जुन गाहा (सुशान्त)
पोखरा,ताण्डव न्यूज ।

नव वर्षकोको अवसरमा गण्डकी प्रदेशमै पहिलो पटक ‘ग्राण्ड डायमण्ड मेला’ आयोजना हुने भएको छ । कञ्चन क्यापिटल प्रालिले आगामी आईतबार देखि शुक्रबार सम्म पहिलो संस्करणको ‘ग्राण्ड डायमण्ड मेला’ आयोजना गर्ने भएको हो ।

पञ्च रत्न आभुषणका सञ्चालक शोभितमान बुद्धाचार्यले सो मेलामा आकर्षक डिजाईनका हिराका विभिन्न प्रकारका गरगहनाहरु प्रर्दशन सहित विक्रि गरिने बताए । बुद्धाचार्यका अनुुसार सो मेला आगामी ५ गते देखि १० गते सम्म पोखरा महानगरपालिका ३ स्थित पञ्च रत्न आभुषणमा सञ्चालन हुनेछ ।

Batas

उनले विक्रि वितरणसँगै हिराको महत्वबारे जानकारी दिने उद्देश्यले पहिलो पटक मेला नै सञ्चालन गर्न गैरहेको बताए । ‘यो गण्डकी प्रदेशमै पहिलो पटक हिरा मेला गर्न जादैछौ, उनले भने, ‘सो अवधिमा अरु समय भन्दा विशेष छुटको व्यवस्था गरेका छौ । मेलाभर हामीले हिरा खरिद गर्दा ४० प्रतिशत छुट दिनेछौ ।’

सो मेलामा पञ्च रत्नसँगै कञ्चन पिएम ज्वेलर्स, कञ्चन आभुषण, बुद्धाचार्य आभुषण, कञ्चन सिल्भर प्रालि, बज्राचार्य आभुषणको सहभागिता रहनेछ ।

त्यस्तै कञ्चन क्यापिटलका अध्यक्ष विमलमान गुभाजुले उक्त मेलाले गरगहना व्यवसायमा सकरात्मक सन्देश प्रवाह गर्ने बताए । गुभाजुले सो मेलामा व्यावसायिक पाटोसँगै हिराको महत्व र हिराबारे जानकारी दिईने बताए । उनले सो मेलामा हिराका विभिन्न प्रकार र डिजाईनका गहनाहरु प्रदर्शनमा राखिने समेत बताएका थिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.