www.tandavnews.com
Fact ~ In search of truth

समयसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाण्डौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई सहभागि हुन भनिएको छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र कोरोना महामारीका विषयमा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले बताएको छ । सर्वदलीय बैठकमा सहभागि हुनका लागि प्रधानमन्त्री ओली आफैंले विभिन्न दलका प्रमुखहरुलाई फोन गरेर निम्तो दिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

Batas

यस्तै बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदमलगायत विषयमा पनि छलफल हुने थापाले जानकारी दिए ।

यद्यपी नेकपा माओबादीका नेता पुष्पकमल दहाल प्रचण्ड भने आजको बैठकमा सहभागी नहुने श्रोतले जनाएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.