www.tandavnews.com
Fact ~ In search of truth

विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या १४ करोड नाघ्यो

एजेन्सी ।

विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या १४ करोड नाघेको छ ।

गत २४ घन्टामा विश्वभर ८ लाख २४ हजार २ सय २ नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोनाका कराण सङ्क्रमित हुनेको सङ्ख्या १४ करोड ४ लाख ९९ हजार १ सय ४४ पुगेको छ । यस्तै गत २४ घन्टामा विश्वभर कोरोनाका कारण १२ हजार ४ सय ४१ जनाको मृत्यु भएको छ ।

Batas

योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३० लाख ११ हजार ४ सय २८ पुगेको छ । पछिल्लो २४ घन्टामा थपिएका सङ्क्रमित मध्ये भारतमै सबैभन्दा धेरै २ लाख ३३ हजार ९ सय ४३ जना रहेका छन् भने १ हजार ३ सय ३८ जनाको मृत्यु भएको छ । भारतमा यो सङ्ख्या हालसम्मकै धेरै रहेको बताइएको छ ।

यस्तै हालसम्म विश्वभर कोरोनाका कारण सङ्क्रमित भएकामध्े झन्डै ११ करोड ९३ लाखभन्दा बढी स्वस्थ भएका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.