www.tandavnews.com
Fact ~ In search of truth

त्रिकोणात्मक टी-ट्वान्टी सिरिज : आज नेपाल Vs नेदल्याण्ड्बीच

काठमाण्डौ ।

नेपालले आजदेखि मलेसिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्न लागेको छ ।

काठमाडौंको त्रिवि मैदानमा डबल राउण्ड रोविनका आधारमा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने छ । यी दुई टोलीबीचको खेल दिउँसो सवा १ बजेबाट सुरु हुनेछ । आजको खेलमा दुवै टोली विजयी सुरुवात गर्न चाहन्छन् ।

Batas

नेपालको कप्तानी ज्ञानेन्द्र मल्ल र नेदरल्यान्ड्सको नेतृत्व पिटर सीलारले गर्नेछन् । नेपाल र नेदरल्यान्ड्सबीच अन्तिम पटक प्रतिस्पर्धा २०१९ अक्टोबर ७ मा भएको थियो । ओमानमा सम्पन्न पाँच टोली बीचको टी २० आई सिरिजमा यी दुई टोलीले खेलेका थिए ।

नेपाल घरेलु समर्थक र मैदानको फाइदा उठाउन चाहन्छ । यता बलियो टोली नेदरल्यान्ड्स उत्कृष्ट प्रदर्शनका साथ जित निकाल्ने सोचमा छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.