www.tandavnews.com
Fact ~ In search of truth

‘फ्लोर क्रस’ कदमप्रति डा. भट्टराईले भने : ‘भष्मासुर र मोहीनीको नृत्य छिटै समापन हुँदैछ’

काठमाण्डौँ ।

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमालेका चार सांसदले फ्लोर क्रस गरेको प्रति स्वागतको संकेत गरेका छन् । उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै कर्णाली प्रदेशले भष्मासुर र मोहिनीको नृत्य छिट्टै समापन हुने उल्लेख गरेका छन् ।

भट्टराईले गण्डकी र कर्णाली प्रदेशको सन्देश भष्मासुर र मोहिनीको नृत्य छिट्टै समापन हुँदैछ भन्ने रहेको सामाजिक सञ्जालमार्फत बताएका छन्। उनले कर्णालीले मूल्यमान्यताको राजनीतिलाई कानुनले नछेक्ने सन्देश दिएकोसमेत स्पष्ट पारे।

Batas

भट्टराईले मूल्यमान्यताको राजनीतिलाई कानुनी भ्रमजालले छोप्ने दुष्प्रयास नछर्न पनि आग्रह गरेका छन् । उनले कुनै घटनाको मुख्य चालक तत्व बाह्य नभएर आन्तरिक नै हुन्छ भन्ने नभुल्न पनि आग्रह गरेका छन् ।

भट्टराईले सत्ताभन्दा सत्य बलवान हुन्छ भन्ने नबिर्सन पनि आग्रह गरेका छन् । उनले कर्णालीको सन्देशलाई बुझेर भष्मासुर र मोहिनीको नृत्य छिट्टै समापन हुने पनि उल्लेख गरेका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.