www.tandavnews.com
Fact ~ In search of truth

आइतबार बिहान ७ देखि दिउसो १ बजेसम्म कास्कीभर विद्युत अवरुद्ध हुने

पोखरा
ताण्डव न्यूज ।

आइतबार कास्की जिल्लाका सबै क्षेत्रमा विद्युत अवरुद्ध हुने भएको छ । पोखरा ग्रिड सव स्टेसन मर्मत गर्नका लागि विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्रले जनाएको छ ।

‘बैशाख ५ गते आइतबारका दिन पोखरा ग्रिड सव स्टेसनमा हुने मर्मत कार्यकालागि बिहान ७ बजेदेखि दिउसो १ बजेसम्म कास्की जिल्लाको सम्पूर्ण क्षेत्रहरुमा विद्युत आपुर्ति अवरुद्ध हुने तथा उपरोक्त कार्य तोकिएको समयावधिभन्दा अगावै सकिएमा विद्युत आपूर्ति नियमित गर्न सकिने व्यहोरा जानकारीका लागि अनुरोध छ, ’ शनिबार (आज) सूचनामार्फत वितरण केन्द्रले भनेको छ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.