www.tandavnews.com
Fact ~ In search of truth

मुख्यमन्त्री शाहीका पक्षमा मत दिएका एमाले सांसदहरुलाई कारवाहीको सिफारिस

काठमाणडौँ ।

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मत दिएका चार सांसदलाई कारवाही गर्न सिफारिश गरेको छ ।

प्रदेश सभा सदस्यहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीलाई कारवाहीका लागि सिफारिश गरिएको एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए । “पार्टीको ह्विप उल्लंघन गरेकै क्षणदेखि उहाँहरू चारै जना नैतिक रुपमा एमाले रहनु भएन” नेता कँडेलले भने, “तर औपचारिक कारवाहीका लागि पार्टी अध्यक्ष कहाँ सिफारिश गरिसकेका छौं ।”

Batas

गत फागुनमा बसेको एमाले केन्द्रीय समिति बैठकले कारबाहीको अधिकार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिने निर्णय गरेको थियो ।

एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षका सांसदहरूले फ्लोर क्रस गरेपछि कर्णालीका मुख्यमन्त्री शाहीको पद जोगिएको छ । ३९ सदस्यीय प्रदेशसभामा शाहीको पक्षमा २२ मत परेको थियो । जबकी त्यहाँ शाहीको पार्टी माओवादी केन्द्रको १२ र उसलाई समर्थन गरेको नेपाली कांग्रेसको जम्मा ६ भोट छ । जम्मा एक सिट भएको राप्रपाले शाहीको पक्षमा भोट दिएको थिएन ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.