www.tandavnews.com
Fact ~ In search of truth

सर्वदलीय बैठक सकियो, सभामुखले अराजनीतिक काम गरेको प्रधानमन्त्रीको आरोप

काठमाडौँ
ताण्डव न्यूज ।

सभामुख अग्नीप्रसाद सापकोटाले मर्यादा भुलेर अराजनीतिक काम गरेको प्रधानमन्त्री केपि शर्मा ओलीले आरोप लगाएका छन् ।

बालुवाटारमा आज भएको सर्वदलीय बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सभामुखकै कारण संसदमा कामै गर्न नदिएको आरोप लगाए । बैठकपछि राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनीले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भने “प्रधानमन्त्री जी ले कोरोना महामारी बढ्दै गइरहेको सन्दर्भमा कसरी काम गर्ने भन्ने विषयमा अरु नेताहरुलाई समेत सुझाव माग्नुभयो । आँफूहरुको तर्फबाट कोरोना समस्या समाधानका लागि सरकारले के–के गर्ने पाँच–सात बुँदा टिपेर दिएका दिएको लोहनीले बताए । ‘जहाँसम्म सरकार र संसद्को कुरा छ । अब प्रधानमन्त्री १४ वर्ष जेल बसेको नेता सबैलाई बुझ्नुभएको छ। उहाँसँग काम गर्ने नेताहरु पनि त्यस्तै १०÷१२ वर्ष संघर्ष गरेर आउनुभएका नेताहरु हुनुहुन्छ। त्यति बुझाउन सक्नुभएन भने लाजमर्दो कुरा हुन्छ।’ उनले भने ।

Batas

तर आजको बैठकमा नेकपा माओवादी केन्द्र र एमालेको माधवकुमार नेपाल पक्ष भने सहभागी भएन । बैठकको निम्तो नआएको भन्दै नेकपा माओवादीका अध्यक्ष दाहाल तथा एमाले नेता नेपाल सहभागी नभएको बताइएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.