www.tandavnews.com
Fact ~ In search of truth

अस्थिरता निम्त्याउनेहरूको प्रतिवाद गर्न उपप्रम पोखरेलको आग्रह

काठमाडौँ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक खिचातानी र सरकार ढाल्ने खेलले सरकारलाई काम गर्ने वातावरण नभएको बताएका छन् ।

हाँडीगाउँस्थित टुवालदेवी मन्दिर नजिकैको सत्तलको आज उद्घाटन गर्दै नेकपा (एमाले) का महासचिवसमेत रहेका उनले सरकार ढाल्ने खेल भइरहेकाले त्यसको खबरदारी र प्रतिवाद गर्न आह्वान गरे । कर्णाली प्रदेशमा एमालेकै सांसदले माओवादी केन्द्रका मुख्यमन्त्रीलाई विश्वासको मत दिएका प्रति लक्ष्य गर्दै पोखरेलले जालझेल गरेर सरकार ढाल्ने, अस्थिरता मच्चाउने र नयाँ बनाउने काम शुरु भए मुलुकका लागि दुर्भाग्य हुने जनाए । उनले विकास निर्माणका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिए ।

Batas

काठमाडौँ क्षेत्र नं ५ (क) का प्रदेश सभा सदस्य नारायण सिलवालले निर्माण सम्पन्न भएको सत्तल ऐतिहासिक र महत्वपूर्ण रहेको बताए । नेकपा (एमाले) काठमाडौँ महानगरपालिका–५ का अध्यक्ष वीरेन्द्र प्रजापतिले ऐतिहासिक सम्पदालाई जगेर्ना गर्नुपर्नेमा जोड दिनुए । उक्त सत्तल सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाबाट रु ४८ लाख ४७ हजार बजेट विनियोजन गरिएको थियो ।

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.