www.tandavnews.com
Fact ~ In search of truth

‘एमसिसी सम्झौताप्रति कांग्रेस सकारात्मक’

गलकोट ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सम्झौताप्रति सरकारात्मक भएको जानकारी दिएकी छिन् ।

नेपाल प्रेस युनियन बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले बर्तमान सरकारले एमसिसी सम्झौतालाई सदनबाट अनुमोदन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने र त्यसमा कांग्रेसको साथ रहने जानकारी दिइन् । “एमसिसीप्रति कांग्रेस सकारात्मक छ । विकास र समृद्धिका लागि कांग्रेस बाधक छैन ।” उनले भनिन् ।

Batas

उनले बर्तमान सरकारले गरेका सबै काम अलोकतान्त्रिक र असंवैधानिक भएको आरोप लगाउँदै कांग्रेसको नेतृत्वमा अबको सरकार बन्ने विश्वास व्यक्त गरिन् । उनले भनिन् ,“ गण्डकी प्रदेशसमेतमा कांग्रेसको नेतृत्वमा सरकार बन्न लागेको छ । ” कोरोना जोखिमसमेतमा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको उनले बताइन् ।

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.