www.tandavnews.com
Fact ~ In search of truth

‘बहुमतको सरकारसँग निहुँ खोजिरहनुको अर्थ छैन’ : काँग्रेस सभापती देउवा

काठमाडौं
ताण्डव न्यूज ।

नेकपा माओबादीले नै सरकारको समर्थन गरिरहेका बेला सरकारको विरोध गरेर निहुँ खोज्न काँग्रेस तयार नरहेको नेपाली काँग्रेस सभापती शेरबहादुर देउवाले बताएका छन् ।

आइतबार आफ्नो निवास बूढानीलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दै सभापति देउवाले केपी शर्मा ओली नेतृत्वको सरकार बहुमतकै भएकाले निहुँ खोज्नुको अर्थ नभएको तर्क गरे ।

Batas

‘प्रचण्डजीहरुले समर्थन फिर्ता लिएको छैन । त्यसमानेमा बहुमतकै सरकार छ अहिले । बहुमतको सरकार भएको बेलामा हामीले अरु कुनै कुरा सोच्ने कुरा छैन’ उनले भने, ‘त्यसकारण हामीले बहुमतकै सरकार मानेका छौँ । बहुमतको सरकारमा हामीले निउँ खोज्नेकुरा छैन ।’

उनले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको पनि बताएका छन् । आफू प्रधानमन्त्री पदका लागि लालायित नभए पनि नेपाली कांग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बनेमा पछि नहट्ने उनको भनाई थियो । उनले भने, ‘हामीलाई प्रधानमन्त्री चाहियो भनेर मरिमेट्ने कुरा पनि छैन । हामी प्रधानमन्त्री पदको लागि लालायित छैनौं ।”

नेता देउवाले सर्वोच्च अदालतले संसद पुनस्थापना गरिसकेपछि संसदीय व्यवस्था अझै सुदृढ हुने विश्वास व्यक्त गरे ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.