www.tandavnews.com
Fact ~ In search of truth

थप एक हजार ९६ मा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ८४ नमूनाको पिसिआर परीक्षण र ६९९ जनाको एन्टिजेन परीक्षण भएको थियो । यसमध्ये पिसिआर विधिबाट एक हजार १५ जना र एन्टिजेन विधिबाट ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ८४ हजार ६७३ पुगेको छ ।

Batas

कूल सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्र ४३५ जना छन् । तीमध्ये भक्तपुरमा ४५, ललितपुरमा ६४ र काठमाडौँमा ३२६ जना छन् । मन्त्रालयका अनुसार हाल देशभर छ हजार २९० जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै संस्थागत आइसोलेशनमा ५७६ जना र होम आइसोलेशनमा पाँच हजार ७१४ जना रहेका छन् । यस्तै देशभर ११६ जना आइसियु र ४६ जना सङ्क्रमित भेन्टिलेटरमा उपचारत छन् । गत २४ घण्टामा २६२ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७५ हजार ३०० पुगेको मन्त्रालयले जनाएको छ । यस्तै देशभर ८५ जना क्वारेन्टाइनमा रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा आठ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ८३ जना पुगेको छ ।

रासस

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.