www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन बैशाख १३ गते

पाेखरा ।

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन बोलाइएको छ । प्रदेश प्रमुख अमिक शेरचनले यहि बैशाख १३ गते विशेष अधिवेशनका लागि आह्वान गरेका हुन् ।

संसद्मा आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुखले गत २ गते राती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेका थिए ।

Batas

अधिवेशन अन्त्य लगत्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संवैधानिक व्यवस्थाअनुसार विशेष अधिवेशनको माग गरेका थिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.