www.tandavnews.com
Fact ~ In search of truth

आजको मौसम : देशका केही पहाडी भूभागमा मेघगर्जनसहित वर्षा हुन सक्ने

काठमाण्डौँ
ताण्डव न्यूज ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज अपराह्नपछि देशका केही पहाडी भूभागमा मेघगर्जनसहित वर्षा हुनसक्ने जनाएको छ । महाशाखाले मौसमसम्बन्धी बुलेटिन सार्वजनिक गर्दै बिहान देशका उच्च पहाडी भू–भागमा आंशिक बदली रहेको रही बाँकी भू–भागको मौसम सफा रहेको जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो देशको सुदूरपश्चिम प्रदेश, कर्णाली, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थान र बाकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानहरुमा अपराह्नपछि मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको समेत महाशाखाको भनाइ छ ।

Batas

यस्तै राति सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने पनि महाशाखाले जनाएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.