www.tandavnews.com
Fact ~ In search of truth

सिआइबी अपरेशन : एसएलसी मार्कसिट किर्ते गरेर डाक्टर बनेका मनाङका दिपेन्द्र गौतमसहित सात जना पक्राउ (विवरणसहित)

पोखरा
ताण्डव न्यूज ।

शैक्षिक प्रमाणपत्र किर्ते गर्ने सात जनालाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । ब्युरोले एसएलसीको नक्कली प्रमाण पत्र पेश गरेर डाक्टर बनेको आरोप लागेका ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

ब्युरोका अनुसार मनाङका दीपेन्द्र गौतम रूकुमको चौरजाहरी मिसन अस्पताल, सप्तरीका मोहमद सिद्दिक बिराटनगरको न्यूरो अस्पताल, महोत्तरीका सुभासप्रसाद शाह धनुषाको जनकपुर चिल्ड्रेन अस्पताल र धनुषाका मोहम्मद शाहिद राजा चाबहिलको दीर्घायू अस्पतालमा कार्यरत थिए । उनीहरुमध्ये चार उनिहरु नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका डाक्टर हुन् ।

Batas

उनीहरुविरुद्ध लिखत सम्बन्धी कसूरमा जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

यस्तै, पक्राउ परेका सप्तरीका अखिलेखकुमार देव, महोत्तरीकी पल्लवी सिंह र ललितपुरका फराज हुसेन खाँ ले काम गर्न थालेका थिएनन् ।

शैक्षिक प्रमाणपत्र किर्ते गरी डाक्टर भएको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट अनुसन्धानमा खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले बंगलादेशमा एमबिबिएस अध्ययन गर्न जानको लागि एसएलसिको मार्कसिटमा आवश्यक पर्ने न्यूनतम योग्यता नपुगी नाम, जन्म मिति, प्राप्ताङक लगायतका बिवरणहरु सच्याई, थपघट गरी किर्ते मार्कसिट बनाई सोही मार्कसिटहरुको आधारमा बंगलादेशमा एमबिबिएस अध्ययनको लागि नेपाल मेडिकल काउन्सिल बाँसवारीबाट स्विकृती लिई आफ्नो ब्यक्तिगत लाभको लागि नेपाल सरकारबाट जारी गरिने एसएलसीको मार्कसिट किर्ते गरी लिखत सम्बन्धी कसूर अपराध गरेको अनुसन्धानबाट खुल्न आएको उक्त व्यूरोले जनाएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.