www.tandavnews.com
Fact ~ In search of truth

राम-सीताको मूर्ति प्रतिस्थापन गर्न अयोध्या लागे कास्कीका युवा

पोखरा ।

चितवनको माडीस्थित अयोध्यापुरीमा प्रतिस्थापन गर्न राम–सीताको मूर्ति आज रथयात्रासहित त्यसतर्फ लगिँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका ती मूर्तिको रथयात्रा टोलीलाई आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरेका थिए । त्यसपछि पशुपतिनाथ मन्दिरमा स्वस्तिवाचन र मन्त्रोच्चारणसहित पृथ्वी राजमार्ग हुँदै त्यसतर्फ पठाइएको हो ।

सोही मुर्ति प्रतिस्थापनका लागि नेकपा एमालेका भातृ संगठनमा आबद्ध युवाहरु चितवन लागेका छन् । उनिहरु मध्यान्ह १२ बजे पोखराबाट चितवनको लागि प्रस्थान गरेका हुन् । कास्कीबाट युवाहरुको नेतृत्व युवा संघ नेपालका केन्द्रिय सचिव महेन्द्र गुरुङले गरेका छन् । एक कार्यक्रमकाबिच एमाले नेता दामादर बैरागी लगायतले नेपालको झण्डा हस्तान्तरण गरि अयोध्यापुरी प्रस्थान गर्नेहरुलाई बिदाई गरेका थिए ।

Batas

गत असारमा प्रधानमन्त्री ओलीले ‘रामको जन्मभूमि’ अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति राख्ने घोषणा गरेका थिए । अयोध्यापुरीमा रथ पुगेपछि बुधबार बिहान अभिषेकसहित प्रतिस्थापन गरिने जनाइएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.