www.tandavnews.com
Fact ~ In search of truth

भारतमा कोरोनाको व्यापक संक्रमण, अस्पतालमा अक्सिजन, औषधि र शैयाको अभाव

भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै झण्डै ३ लाख नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितको संख्या बढेसँगै कोरोनाका कारण गम्भीर विरामी हुनेको संख्या पनि बढेको छ । कोरोना संक्रमणपछि गम्भीर प्रकृतिको न्युमोनिया भएका विरामीहरु अक्सिजन समेत अभाव हुन थालेको छ । अस्पताल पुर्‍याउन एम्बुलेन्स नपाउने, अस्पतालमा शैया र औषधि नपाएर मृत्यु हुनेको संख्या दिनप्रति दिन बढिरहेको समाचारमा उल्लेख छ ।

पछिल्लो २४ घन्टामा मात्रै भारतमा कोरोना संक्रमणका कारण २ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । भारतमा हालसम्म संक्रमणकै कारण मृत्यु हुनेको संख्या १ लाख ८२ हजार नाघेको छ ।

Batas

विश्वमै अमेरिकापछि दोस्रो बढी प्रभावित मुलुक भारतमा हालसम्म १ करोड ५६ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । दैनिक संक्रमितको संख्याका आधारमा भारत विश्वमै सबैभन्दा प्रभावित छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.